Loading...

DISCLAIMER: The articles linked from this website are from several reputed online news sources. They do not necessarily reflect the opinions of this website or its staff. We do not guarantee the accuracy of the linked news articles.

स्वास्थ्य सामग्रीको ‘पहाड’ लिन चीन गएको विमान ‘मुसो’ बोकेर फक्र्यो

स्वास्थ्य-सामग्रीको-‘पहाड’-लिन-चीन-गएको-विमान-‘मुसो’-बोकेर-फक्र्यो



भगवती तिमल्सिना, काठमाडौं ।

गत साता नेपाल बायु सेवा निगमको विमान दुई पटक चीन पुग्यो– कोरोना भाइरससम्बन्धी स्वास्थ्य सामग्री लिन । पहिलो पटक भ्रष्टाचारका कारण सीमित सामान लिएको फर्केको विमाले दोस्रो पटक पनि सोचे जति सामान ल्याउन सकेन ।

 

पहिलो ठेकेदारलाई खारेज गरेपछि गत बिहीबार अर्को व्यापारी समूहलाई औषधी खरिदको जिम्मा दिएर नेपाल सरकारले निगमको वाइडबडी (एयरबस ए ३३०) जहाज मेडिकल सामग्री लिन चीनको ग्वाङ्जाओ पठाइएको थियो । सो विमान शुक्रबार बिहान पहिलाजस्तै थोरै सामान बोकेर त्रिभुवन विमानस्थलमा अवतरण गर्यो । ‘व्यापारीले सामान नै दिएनन्’ भन्ने खबर बोकेर विमान फर्किएपछि सरकारको नागरिक प्रशासनले हार स्वीका¥यो र जिम्मेवारी नेपाली सेनालाई दियो ।

 

सरकारले पहिला ओम्नी ग्रुपसँग स्वास्थ्य सामग्री ल्याउने सम्झौता गरेको थियो । तर भ्रष्टाचार भएको स्वीकार गर्दै सम्झौता रद्द गरियो । लगत्तै अन्य व्यापारीले चीनबाट मेडिकल सामग्री ल्याउन लागेको बताइयो । बिहीबार गएको विमानले करीब ३० टन सामग्री ल्याउने बताइएको थियो ।

 

मेडिकल सामग्री सप्लायर विशाल पण्डित समूह र उनको हस्पिटेक प्रालिसहित अरु केही कम्पनीले जम्मा गरेको सामग्री ल्याउन लागिएको जनाएको थियो । पण्डितले मेडिकल सामग्री ल्याउन लागेको कुरा सञ्चार माध्यमसमक्ष स्वीकारेका पनि थिए । आफूले ल्याउने मेडिकल सामग्रीमा फुल सेट पीपीई, एन–९५ मास्क र इन्फाइराइड थर्मोमिटर मुख्य प्राथमिकता दिइए&#232


Read the full story on NewsOfNepal.com


Loading...

Leave a Reply