Loading...

DISCLAIMER: The articles linked from this website are from several reputed online news sources. They do not necessarily reflect the opinions of this website or its staff. We do not guarantee the accuracy of the linked news articles.

सार्वजनिक जनस्वास्थ्य नीति र महामारी

सार्वजनिक-जनस्वास्थ्य-नीति-र-महामारी



राजेन्द्रबहादुर सिंह ।

मानव विकास इतिहासको विभिन्न समयमा महामारीहरुले त्राहीमाम मच्चाएका छन्। मानव विकासका शुरुवाती कालखण्डमा औलो, क्षयरोग, कुष्ठरोग, हैजा, बिफरजस्ता सरुवा रोगहरुले समेत महामारीकै रुप लिएका थिए । यद्यपि आधुनिक कालसम्म आइपुग्दा पनि ती रोगहरुले विकासमा फड्को मार्न नसकेका राज्यहरुलाई आतंकित पारिरहे। सन् १६५ देखि हाल कोरोना कहरसम्म आइपुग्दा संसारमा महामारीको रुप लिएका रोगहरु कुल २० वटा पुगेका छन्। सन् १६५–१८० सम्म फैलिएको एन्टोनाइन प्लेगले करिब ५० लाख जनसंख्याको सिकार बनाएको थियो भने त्यो महामारी शायद हैजा वा बिफर थियो भन्ने मानिन्छ । सन् ५४१–५४२ सम्म फैलिएको जस्टिनियन प्लेगले करिब ३० देखि ५० लाख मानिस मारेको थियो।

त्यसै गरी ब्याक डेथ नाम दिइएको महामारीले सन् १३४७–१३५१ सम्म करिब २ करोडको सिकार बनाएको थियो। इटालियन प्लेगले सन् १६२९–१६३१ सम्म १० लाख मानिस मारेको थियो। त्यसपछि सन् १९१८–१९१९ सम्म फैलिएको स्पानिस फ्लुबाहेक एसियन फ्लु, हङकङफ्लु, स्वाइन फ्लु, सार्स, इबोला,मर्समहामारीहरु १ लाख मानिसको मृत्युको सेरोफेरोमानियन्त्रण भएका थिए।स्पानिस फ्लु छिमेकी देश भारतसम्म आइपुगेको थियो भन्ने मानिन्छ।यसरी सरसर्ती हेर्ने हो भने अहिलेसम्म फैलिएका महामारीहरुले भएको मृत्युको संख्या घट्दो क्रममा छ (इन्साइक्लोपिडिया ब्रिटानिका,जोन हप्किन विश्वबिद्यालय,सन् २०१४)।यस आँकडाले कुनै खास देशभित्र फैलिएका देशानमहामारीको आँकडालाई प्रतिनिधित्व गर्दैन। देशान महामारीहरु सयौंको संख्यामा फैलिएको हुन सक्ने अनुमान लगाउन सकिन्छ र तिनीहरुले करोडौंलाई सिकार बनाएको हुनुपर्छ । महामारीबाट मृत्यु हुनेको संख्या क्रमिकरुपमा घट्नुको कारण विज्ञान तथा प्रविधि र चिकित्सिा क्षेत्रमा भएको उपलब्धिले हुनसक्छ। जेसुकै भए पनिवर्तमान अवस्थामा, पारिस्थितिक प्रणालीहरुमा भएको असन्तुलन, आणविक–रसायन तत्वहरुको जम्माखोरी, जलवायु परिवर्तन,भौतिक विकासको होड, विश्व शासन र शक्तिको मोह, मानिसहरुको जीवनशैली,‘ग्लोबल भिलेज’को मान्यता आदिलेमहामारी उब्जने र फैलिने गति एवं क्रमलाई बढावा दिनेछ भन्न सकिने आधार तय भएको छ।

मौलिक हक–अधिकारहरु सबै समान हुन् भनिएतापनि मानिसको स्वस्थ र स्वतन्त्ररुपमा बाँच्न पाउने हकसर्वोपरि मौलिक अधिकार हो, उसको जन्मसिद्ध प्राकृतिक अधिकार हो, समस्त मौलिक हकहरुको आधार हो । वास्तवमा एक स्वस्थ मानिस मात्र जिम्मेवार नागरिक बन्नसक्छ । अन्यथा ऊ त मांस–अस्थिको पिण्ड मात्र हो । तसर्थराज्यको पहिलो दायित्व उसका नागरिकहरुको स्वस्थ जीवनको सुनिश्चितता गर्नु हो । यस कुरालाई राज्य उत्पत्तिको सामाजिक सम्झौताको सिद्धान्तले समेत पुष्टि गर्छ। समाजिक सम्झौताको सिद्धान्तले भन्छ, व्यक्तिका सामाजिक सम्बन्ध र अन्तरक्रियाहरुलाई नियमन गरी समाजका सदस्यहरुको जीउज्यानको रक्षा गर्नु राज्यको प्राथमिक दायित्व हो। जुनसुकै किसिमका शासन पद्धति भएकाआधुनिक राज्यहरुले उसका नागरिकको जीउज्यान र स्वस्थताको सुनिश्चिता गर्ने संवैधानिक तथा कानुनी व्यवस्था बनाएका हुन्छन्। राज्यहरुले व्यक्तिहरुको जीउज्यान र स्वस्थताका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिबद्धतासमेत जाहेर गरेका छन् । सर्वप्रथम संयुक्त राष्ट्र संघको साधारणसभाले सर्वसम्मतिका आधारमा समग्र मानवताका लागि घोषणा गरेको विश्वव्यापी मानवअधिकार घोषणापत्र सन् १९४८ को धारा २५ मा ‘प्रत्येक व्यक्तिलाई आफू र आफ्नो परिवारको स्वास्थ्य एवंजीवनयापनका लागि आवश्यक पर्याप्त खाद्यवस्तु, आवास, लत्ताकपडा, स्वास्थ्य सेवा र सुरक्षाको हक–अधिकार हुनेछ’ भन्ने कुरा उल्लेख गरेको थियो। त्यसै गरीअन्तर्राष्ट्रिय आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसम्बन्धी अभिसन्धि सन् १९७६ को धारा १२मा स्वास्थ्यको अधिकार उल्लेख गरिएको छ। उक्त धाराअन्तर्गतको २ (ग)मा ‘प्रत्येक पक्ष राष्ट्रले महामारी, स्थानीय व्यवसायजन्यरोग र अन्य रोगहरुको रोकथाम, उपचार र नियन्त्रण गर्नुपर्नेछ’भन्नेउल्लेख छ।विश्व स्वास्थ्य संगठनको विधानको धारा २ (छ) मा ‘महामारी, देशान &#


Read the full story on NewsOfNepal.com


Loading...

Leave a Reply