Loading...

DISCLAIMER: The articles linked from this website are from several reputed online news sources. They do not necessarily reflect the opinions of this website or its staff. We do not guarantee the accuracy of the linked news articles.

सडक निर्माणका लागि महाभारत गाउँपालिकालाई ४९ करोड ३८ लाख बजेट विनियोजन

सडक-निर्माणका-लागि-महाभारत-गाउँपालिकालाई-४९-करोड-३८-लाख-बजेट-विनियोजन



मोतीराम तिमल्सिना, काभ्रे ।

वागमती प्रदेशले रोशी गाउँपालिका वडा नंम्वर ९ पिन्थली ररजवास हुँदै महाभारत गाउँपालिकाको बुढाखानी चारकिल्ला तीनकुट्टे देवीटार घर्तीछाप देखि गोकुलेसम्मको सडकका लागि ४९ करोड ३८ लाख बजेट विनियोजन गरेको छ । गाउँपालिकाले जनप्रतिनिधि निर्वाचित पछि १ सय २५ किलोमिटर नयाँ ट्रयाक खोलेको छ भने सबै वडाहरुमा पुग्ने सडक सञ्चालनमा ल्याएको छ ।

विकट क्षेत्रका रुपमा चिनिएको महाभारत गाउँपालिकामा यस अघि विशेष अनुदानबाट ९५ लाख रुपैया खर्च गरी मुल सडक निर्माण गरिरहेको छ । तिनखुट्टे खोलाघारी देखि घ्याम्वरिङ्ग जोड्ने मुल सडक ५० मिटर ट्याक खोल्न बाँकी छ । साढे १० किलो मिटर सडक उक्त रकमबाट निर्माण भएको छ । गोकुले जाने सडक गल्टारबाट महादेवटार हुँदै घर्तिछापबाट ८ मिटर फराकिलो पार्ने गरी ५० लाखमा स्तरोन्नती भएको छ । राङचा उठाउने गाताबेशी हुँदै गोकुले जाने सडक स्तरोन्नतीका लागि ७० लाख खर्च भएको छ ।

भुवनेश्वरी आधारभुत विद्यालय घुँडे बेतिनी बनखु सडकका लागि २० लाख खर्च भएको छ । विद्यालयसम्म सडक नपुगेकै कारण गौरी निमावी वडा नम्वर ५ र दिब्यज्योती प्राथमिक विद्यालयको भवन पुर्नर्निमाण हुन सकेको छैन । विद्यालय भवन निर्माणका लागि ४ घण्टाको दुरीमा सामान बोकेर लगेको विद्यालयमा शौचालय निर्माण हुन सकेको छैन । पूर्वाधारका हिसावले विद्यालय पहिलो नम्वरमा निर्माण भईरहेको छ । ईलाका प्रशासन कार्यालय स्थापना गरी सेवा सुविधा सुचारु, गाउपालिकाको लागी १६ रोपनी जग्गा निःशुल्क उपलब्ध गराई कार्यालय भवन निर्माण, ८ सय ७५ निजी आवास पुर्ननिर्माण, ३८ वटा विद्यालयका पक्की भवन निर्माण, केही निर्माणाधीन, स्वास्थ्य चौकी तथा सामुदायिक स्वास्थ्य केन्द्रको भवन निर्माण तथा बाँकी निर्माण चरणमा, खुल्ला दिसा मुक्त र साक्षर गाउँपालिका घोषणा, ईलाका प्रहरी कार्यालय निर्माण, प्रहरी चौकीहरु निर्माण, वडा कार्यालय निर्माण, सवै वडाहरु कच्ची सडक संजालले जोडिएको र १ सय २५ किलोमिटर नयाँ कच्ची सडक निर्माण, २०७७ मंसिर भित्र गाउपालिका केन्द्रीय विधुतीकरण प्रशारण लाईन जोडि उज्यालो तर्फ उन्मुख भईरहेको छ । वडा ३, ४ र ५ मा बत्ति बाल्ने कार्य शुरु भएको छ ।

४९ करोड ३८ लाख रुपैयाबाट पहिलो वर्ष आर्थिक वर्ष २०७६/२०७७ मा ४ करोड रुपैया उक्त सडकका लागि खर्च हुनेछ । तीन वर्ष उक्त सडकलाई ब्यवस्थित र १२ महिना संचालन हुने गरी निर्माण गर्न आर्थिक वर्ष २०७७/२०७८ मा २५ करोड खर्च हुनेछ भने अन्तिम वर्ष २०७८/२०७९ मा २० करोड ३८ लाख खर्च हुनेछ । निरन्&#23


Read the full story on NewsOfNepal.com


Loading...

Leave a Reply