Loading...

DISCLAIMER: The articles linked from this website are from several reputed online news sources. They do not necessarily reflect the opinions of this website or its staff. We do not guarantee the accuracy of the linked news articles.

विशिष्ट श्रेणीको अधिकृतमा अर्यालद्वारा पदबहाली




न्युज अफ नेपाल, काठमाडौं ।

काठमाडौं महानगरपालिकाको राजपत्राङ्कित बिशिष्ट श्रेणीको प्रमुख प्रकासकीय अधिकृत पदमा एकनारायण अर्यालले आज बहाली गर्नुभएको छ । मन्त्री परिषद्को फागुन १८ गते बसेको बैठकले उहाँलाई प्रशासन सेवातर्फ राजपत्राङ्कित बिशिष्ट श्रेणीमा बढुवा गरेर काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा पदस्थापन गर्ने निर्णय गरेको थियो ।

यस अघि उहाँ नेपाली महाबाणिज्य दूताबास कोलकत्तामा महावाणिज्यदूत हुनुहुन्थ्यो । भारतको महावाणिज्य दूताबासबाट सरुवा भएर बरबुझारथ गरेपछि नेपालमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि लकडाउन शुरुभइसकेको थियो । बिदेशबाट फर्कनेले १४ दिन अनिवार्य क्वारेन्टइनमा बस्नु पर्ने नियमको पालना गर्दै अर्याल क्वारेन्टाइनमा बसेर आज १५ औं दिनका दिन कार्यभार सम्हाल्न महानगरमा आउनुभएको हो ।

२०४६ सालमा प्रशासन सेवातर्फ नायबसुब्बा पदबाट निजामति सेवामा प्रवेश गर्नुभएको अर्याल २०५१ सालमा अधिकृत, २०५८ सालमा उपसचिव, २


Read the full story on NewsOfNepal.com


Loading...

Leave a Reply