Loading...

DISCLAIMER: The articles linked from this website are from several reputed online news sources. They do not necessarily reflect the opinions of this website or its staff. We do not guarantee the accuracy of the linked news articles.

विद्यार्थीलाई झोला र शैक्षिक सामाग्री वितरण

विद्यार्थीलाई-झोला-र-शैक्षिक-सामाग्री-वितरण



राम धामी, डडेल्धुरा ।

सामुदायिक बिद्यालय तर्फ विद्यार्थीहरुको आकर्षण बढाउन सामुदायीक विद्यालयमा अध्ययनरत विपन्न तथा जेहन्दार बिद्यार्थीहरुलाई झोलासहित शैक्षिक सामाग्री वितरण गरिएको छ ।

निजी विद्यालय तर्फ विद्यार्थीहरुको आकर्षण बढ्दै गएका बेला अमरगढी नगरपालिकासहित जिल्लाभरिका सामुदायिक बिद्यालयमा अध्ययनरत गरिब तथा जेहन्दार बिद्यार्थीहरुलाई स्कुल ब्याग संगै शैक्षिक सामाग्री वितरण गरिन थालिएको हो । चाईना फाउन्डेसनको सहयोगमा सफा सुनौलो नेपाल र ग्रामीण महिला विकास तथा एकता केन्द्र (रुडुक) डडेल्धुरामार्फत झोला र शैक्षिक सामाग्री वितरण गरिएको हो ।

अमरगढी नगरपालिका–२ मौरडास्थित जिल्लाकै नमुना मानिने बैजनाथ माविमा शुक्रबार झोला वितरण कार्यक्रमको आयोजना गरी अमरगढी नगरपालिका भित्रका १६ वटा सामुदायीक बिद्यालयका बिद्यार्थीहरुलाई झोलासंगै कापी, सिसाकलम, ज्यामेट्रिबक्स र कलरबक्स वितरण गरिएको छ । डडेल्धुरा जिल्लाका ९१ सामुदायीक बिद्यालयका एक हजार एक सय ५५ गरिब तथा जेहन्दार विद्यार्थीहरुलाई झोला र शैक्षिक सामाग्री वितरण गरिनेछ ।

शुक्रबार अमरगढी नगरपालिका भित्रका १६ वटा सामुदायीक विद्यालयमा अध्ययनरत बिद्यार्थीहरु लाई झोला र शैक्षिक सामाग्री वितरण गरेर कार्यक्रमको शुभारम्भ गरिएको छ । छात्रालाई रातो र छात्रलाई हरियो रंगको झोलासहित प्रति विद्यार्थी आठ सय ३५ रुपैया बराबरको शैक्षि &#2360


Read the full story on NewsOfNepal.com


Loading...

Leave a Reply