Loading...

DISCLAIMER: The articles linked from this website are from several reputed online news sources. They do not necessarily reflect the opinions of this website or its staff. We do not guarantee the accuracy of the linked news articles.

‘लकडाउन’ ले घटे सडक दुर्घटनाका घाइते

‘लकडाउन’-ले-घटे-सडक-दुर्घटनाका-घाइते



 काठमाडौँ।

कोभिड–१९ को त्रासका कारण देशका अधिकांश क्षेत्र ठप्प छन् । अत्यावश्यकबाहेकका सेवा बन्द छन् । दैनिक ज्यालादारी गर्ने धेरैले रोजगारी गुमाएका छन् । यसका धेरै नकारात्मक असर हुँदाहुँदै थोरै सकारात्मक पक्ष पनि नभएको होइन् । सवारीसाधन गुड्न कम हुँदा काठमाडौँ उपत्यकालगायत शहरी क्षेत्रमा प्रदूषण कम भएको छ भने सडक दुर्घटना पनि ह्वात्तै घटेको छ ।

नेपालमा औसतमा दैनिक सातजनाले सडक दुर्घटनामा ज्यान गुमाउने गरेको भए पनि यो आधा महिनामा यो सङ्ख्या ह्वात्तै घटेको छ । काठमाडौँ उपत्यकामा दुर्घटनामा घाइते बढी जाने गरेका राष्ट्रिय ट्रमा सेन्टर, बी एण्ड बी अस्पतालमा आउने बिरामीको सङ्ख्याले त्यो देखाएको छ । लकडाउनका कारण अत्यावश्यकबाहेकका सवारीसाधन नचल्दा सेन्टरमा आउने सडक दुर्घटनाका घाइतेको सङ्ख्या कम भएको छ ।

अस्पतालमा अहिले सामान्य अवस्थाभन्दा सबै घाइतेको सङ्ख्या कम भएकामा सडक दुर्घटनाका घाइते बिरामी अझै कम भएको हो । यही चैत ११ गतेदेखि आइतबारसम्म अस्पतालको आकस्मिक कक्षमा ३२४ उपचारका लागि आएकामा सडक दुर्घटनाका ९४ आएका थिए ।

४९ बिरामी लडेर आएका र सातजना कुटपिटका घाइते भएका पाइएको छ । सडक दुर्घटनामा पहिले काठमाडौँ उपत्यकाका घाइते मात्रै आउने भए पनि अहिले देशभरका आएका अस्पतालका निर्देशक डा सन्तोष पौडेलले बताउनुभयो । देशभरका अरू अस्पतालले घाइतेको समेत उपचार गर्न नमान्ने हुँदा अधिकांश बिरामी यहीँ आइपुग्छन् । उहाँले भन्नुभयो, “देशभरका यहाँ आएकाले सङ्ख्या केही बढे पनि सवारी दुर्घटनाका घाइते कम भएका छन् ।”

यो अवधिमा बालबालिका आफ्नै घरभित्रै लडेर घाइते भएका घ&#233


Read the full story on NewsOfNepal.com


Loading...

Leave a Reply