Loading...

DISCLAIMER: The articles linked from this website are from several reputed online news sources. They do not necessarily reflect the opinions of this website or its staff. We do not guarantee the accuracy of the linked news articles.

राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि ३ जनाको नाम सिफारिस

राष्ट्र-बैंकको-गभर्नर-नियुक्तिका-लागि-३-जनाको-नाम-सिफारिस



काठमाडौं– नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि ३ जनाको नाम सिफारिस भएको छ ।

अर्थमन्त्री डा युवराज खतिवडाको संयोजकत्वमा गठित सिफारिस समितिले राष्ट्र बैंकको भावी गभर्नरका लागि ३ जनाको नाम सिफारिस गरेको हो ।

राष्ट्र बैंकको भावी गभर्नरका लागि सिफारिस हुनेमा डा. राजन खनाल, महाप्रसाद अधिकारी र चिन्तामणि सिवाकोटी छ ।

गभर्नरका लागि सिफारिस भएका डा. खनाल अर्थ मन्त्रालयका पूर्व सचिव हुन् । उनले गएको माघमा अनिवार्य अवकास पाएका थिए ।

यस्तै, महाप्रसाद अधिकारी नेपाल राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर हुन् । हाल उनी लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत छन् । यस्तै, सिवाकोटी अहिलेका डेपुटी गभर्नर हुन् । अहिले उनी राष्ट्र बैंकको कायममुकायम गभर्नर छन् ।

अर्थमन्त्री खतिवडा निकट स्रोतका अनुसार सोमबार बस्ने मन्त्रिपरिषद बैठकमा नै राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि प्रस्ताव पेश गरिने छ ।

निवर्तमान गभर्नर चिरन्जिवी नेपालको पदावधी सकिएपछि चैत ५ देखि राष्ट्र बैंकमा गभर्नर पद &#2


Read the full story on Khabarhub


Loading...

Leave a Reply