Loading...

DISCLAIMER: The articles linked from this website are from several reputed online news sources. They do not necessarily reflect the opinions of this website or its staff. We do not guarantee the accuracy of the linked news articles.

‘मान्छेको लस्करमाथि हिमपहिरो खस्यो, खोलामा पुगेर बाँचें’

‘मान्छेको-लस्करमाथि-हिमपहिरो-खस्यो,-खोलामा-पुगेर-बाँचें’



४ माघ, पोखरा । जोडले हावा चल्यो । हावा यति बलशाली थियो कि जगदीशको जिउ नै हल्लायो । एकैछिनमै ठूलो आवाज कानमा ठोक्कियो । केकसो हो भन्ने चाल नपाउँदै टेकेको जमिन बग्यो । सासै फेर्न गाह्रो भयो ।

जगदीशले बल्ल अनुमान लगाए, हिउँ पहिरोमा परिएछ । तर चलमलाउन सक्ने अवस्था थिएन । टेकेको जमिनसँगै बगेका थिए जगदीश । केही समय बगेपछि एकैछिन रोकियो । माथिबाट फेरि हिउँको पहाड खसेछ । त्यसले धकेलेर फेरि बग्न थाले । केही तल पुगेर फेरि बग्न रोकिन्छ, फेरि बग्छ । यसरी पटकपटक रोकिँदै बग्दै गरेर पहिरोसँगै जगदीश झ्याम्म खोलामा पुगे ।

‘पहिरो रोकिएर चलमलाउन नपाउँदै फेरि बग्न सुरु गर्यो । फेरि रोकिन्छ, फेरि बग्छ यसरी नै बगिरहें । पहिरोसँगै खोलामा पुगें,’ शुक्रबार अन्नपूर्ण पदमार्गमा हिमपहिरोमा परेर ज्यान बचाएका जगदीश खत्रीले कहालीलाग्दो घटना सुनाए ।

हिउँ पहिरोमा परेका उनी मोदी खोलामा खसेका थिए । त्यहाँ पनि जगदीशलाई लाग्यो, ‘खोलामा पानी होइन, हिउँ नै बगिरहेको छ । खोलामा त्यति चिसो पानी थियो ।

१० मिनेट जति खोलामा बगेपछि पौडिएर छेउ लाग्न सफल भए । जगदीश अड्कल गर्छन्, ‘१० मिनेर बगें, त्यति नै समय खोलाबाट किनारा लाग्न लाग्यो होला ।’ बल्लतल्ल खोला किनार त लागे तर उभिन सक्ने अवस्था थिएन । थपक्क बसेकामात्र के बसेका थिए, फेरि बसेको ठाउँ नै भासिएर खोलामा पुग्यो ।

‘जानेजत्तिको बुद्धि लगाएर बाहिर निस्कें,’ जगदीशले बाँच्न गरेको संघर्ष सुनाए । उनका अनुसार हिउँ नै हिउँ छ थियो । समाउने र टेक्ने ठाउँ छैन । भित्तामा मुड्कीले हान्दै खाल्टा परेर त्यसैमा टेक्दै बाहिर निस्कन सफल भएको उनले बताए ।

‘बाँचिन्छ भन्ने सोचेकै थिइन,’ पोखरा फर्केर शनिबार साँझ फेवासिटी अस्पतालमा स्वास्थ जाँच गराइरहेका जगदीशले खुइ काडे, ‘ठूलो भाग्यले बाँचियो ।’

जगदीश हिम्मतले बाँचे । पौडी खेल्ने कलाले पनि बाँचेएको भन्दै उनी भन्छन्, ‘आफूले टेकेको जमिनको माथिमाथि नबगेको भए, त्यही सकिन्थें होला ।

खोलाबाट निस्किएर पनि बाटोसम्म पुग्न आफूलाई झण्डै २ घण्टा लागेको उनले बताए । बाटो नजिकै पुगेपछि उनले मान्छेहरुलाई देखे । जगदीशमा अरु हिम्मत पलायो ।

केही मिटर तल पुगेर चिच्याए, ‘हेल्प, हेल्प ।’ उनले जमिन र ठाउँको अवस्थाबारे बताए, ‘मान्छेहरुले हेरिरहेका छन् तर कसैले तल झरेर हात दिने हिम्मत राखेन । त्यस्तो थियो, त्यहाँको जमिन र मान्छेहरुको अवस्था ।’

बाटोमा निस्किएपछि वरिपरीका मान्छेहरु आए । अन्नपूर्ण पदमार्गका पर्यटकहरु पनि भेला भए । मान्छेहरुले अंगालो हाले । कपडा धुजा, धु्जा थियो, उनीहरुले नै लगाइदिए । ‘खल्तीको चस्मा त हातले माडेको भुजियाजस्तो भएको रह&


Read the full story on Online Khabar


Loading...

Leave a Reply