Loading...

DISCLAIMER: The articles linked from this website are from several reputed online news sources. They do not necessarily reflect the opinions of this website or its staff. We do not guarantee the accuracy of the linked news articles.

महिलालाई मलेसिया सरकारको अनौठो प्रस्ताव

महिलालाई-मलेसिया-सरकारको-अनौठो-प्रस्ताव



काठमाडौं- मलेसिया सरकारले कोरोनाभाइरसका कारण जारी लकडाउनका सन्दर्भमा आफ्नो देशका महिलाहरुलाई निकै अनौठो सल्लाह दिएको छ ।

लकडाउनको क्रममा दिइएको सरकारको यो सल्लाहलाई महिला विरोधी भन्दै निकै आलोचना पनि भइरहेको छ ।

मलेसियाको महिला तथा परिवार कल्याण मन्त्रालयले लकडाउनको क्रममा घरबाटै काम गरिरहेकी पत्नी तथा आमाहरुको लागि घरमा उत्पादनशील रहन र शान्ति बनाइराख्नको लागि एडभाइजरी जारी गरेको हो ।

यसैको एक पोस्टरमा महिलाहरुलाई घरबाट काम गर्ने क्रममा सामान्य दिनमा जस्तै मेकअप गरेर सजिने र राम्रा कपडा लगाउन सल्लाह दिइएको छ ।
मन्त्रालयले लकडाउनलाई विदा भन्दै लेखेको छ ‘आमाको लागि यति लामो विदा र घरबाट काम गर्नु कठिन हुन सक्छ किनकि अक्सर उनीहरुको ध्यान भट्किन्छ ।’ यद्यपि आलोचनापछि यो पोस्टलाई हटाइएको छ ।

महिला संगठनहरुले मन्त्रालयको यो एडभाइजरीको आलोचना गरेका छन् । अल वुमन्स एक्सन सोाइटीले भनेको छ ‘महिलाहरुसँग मेकअप गर्ने र राम्री देखिने भन्दा बाहेक अरु पनि धेरै काम हुन्छन् । महिलाहरु पनि मानव हुन् कुनै सामान होइन । यसरी मेकअप र लुकमा जोड दिनु अ&#


Read the full story on Khabarhub


Loading...

Leave a Reply