Loading...

DISCLAIMER: The articles linked from this website are from several reputed online news sources. They do not necessarily reflect the opinions of this website or its staff. We do not guarantee the accuracy of the linked news articles.

मन्त्रीलाई थाहै नदिई क्याबिनेटको निर्णयमा कीर्ते !

मन्त्रीलाई-थाहै-नदिई-क्याबिनेटको-निर्णयमा-कीर्ते-!



२० चैत, काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बिहीबार कोरोना रोकथामसम्बन्धी उच्च स्तरीय समितिको बैठक बस्यो । बैठकमा सहभागी मन्त्रीहरुवीच स्वास्थ्य सामग्री कुन प्रक्रियाबाट खरीद गर्ने भन्नेमा विवाद भयो ।

केही मन्त्रीले सरकार–सरकार अर्थात जीटूजीको विधिबाट किनौं भन्ने प्रस्ताव गरे । तर, अर्थमन्त्री डा. युवराज खतिवडाले जीटूजी प्रक्रियाबाट किन्न नसकिएकै कारण निजी क्षेत्रसँग प्रतिस्पर्धा गराउनुपरेको बैठकमा बताए ।

उच्चस्तरीय समितिको बैठक सकिएपछि प्रेस ब्रिफिङमा पनि अर्थमन्त्री खतिवडा बैठकभित्र बोलेकै भावमा प्रस्तुत भए । मन्त्री खतिवडाले भने, ‘जीटूजीमा खरीद गर्न नसकिएर निजी क्षेत्रलाई हामीले आह्वान गर्नुपरेको हो ।’

मन्त्री खतिवडाले जीटुजीको प्रयास यसअघि पनि गरिएको जानकारी दिँदै भने, ‘हामीले छिमेकी मुलुकसँग स्वास्थ्य सामग्री हामीलाई यो यो चाहियो, सहयोग गर्नुहोस् भनेर पठाएका पनि हौं । तर, दुईटै छिमेकी मुलुकहरु आफैं समस्यामा पनि भएका कारणले हामीले आजसम्म पनि खरीद गर्&#


Read the full story on Online Khabar


Loading...

Leave a Reply