Loading...

DISCLAIMER: The articles linked from this website are from several reputed online news sources. They do not necessarily reflect the opinions of this website or its staff. We do not guarantee the accuracy of the linked news articles.

बसिबियालो : आउनुहोस्, एउटा बगैंचा बनाऔं

बसिबियालो-:-आउनुहोस्,-एउटा-बगैंचा-बनाऔं



कति कोरोनाको कुरा गर्ने ?  एकछिन यी सबै कुरा छाड्नुहोस् । मन र मस्तिष्कबाट कोरोनालाई ‘डिलिट’ गरिदिनुहोस् । बरु यो मौकामा एउटा बगैंचा निर्माण गरौं ।

बगैंचा भन्नसाथ तपाईंले घर–आँगनमा खुला ठाउँ नै खोज्नुपर्छ भन्ने छैन । यदि त्यस्तो ठाउँ भए त काइदा हुन्छ । नभए पनि निको छ ।

तपाईं जहाँ बस्नुहुन्छ, त्यहाँ छत त छ नि । बार्दली छ नि । वा कुनै खुला ठाउँ त पक्कै छ ।

त्यसो हो भने तपाईंले पुदिना, धनिया, खुर्सानी, प्याज, लसुन वा फूलहरु रोप्ने ठाउँको अभाव हुनेछैन । सजिलै सर्ने र हुर्कने प्रकृतिका घिउकुमारी जस्ता उपयोगी वनस्पति रोप्नका लागि ठाउँको अपुग हुनेछैन । यसमा तपाईंको आवश्यक्ता र तपाईंसँग उपलब्ध कुरालाई प्राथमिकतमा राख्न सक्नुहुन्छ । हुनसक्छ, यसले तपाईंको खाँचो वा अभाव टार्नेछैन । यसरी रोपेर उत्पादन गरेका खानेकुरा तपाईंका लागि पर्याप्त नहुन सक्छ । तर, अहिलेको क्षणमा तपाईंका लागि रमउने गजब बहाना हुनसक्छ । तपाईं मात्र हो र ? बालबच्चालाई काम गर्न सिकाउने काइदा पनि हुनसक्छ ।

मोवाइल वा ल्यापटपमा झुन्डिरहेका बालबच्चालाई तपाईंले यी सबै काममा सहभागी गराउनुपर्नेछ । यसबाट उनीहरुको अनुत्पादक समय रचनात्मक काममा मोड्न सकिनेछ । बाली र बगैंचाको काम सिक्नेछन् ।

यतिबेला तपाईंलाई चाहिनेछ केही गमला, माटो, मल । गमलाका लागि थुप्रै विकल्प छन् । घरमा चामलको खाली बोरो, प्लाष्टिकका भाँडा, झोला । यस्ता सामग्रीले &#23


Read the full story on Online Khabar


Loading...

Leave a Reply