Loading...

DISCLAIMER: The articles linked from this website are from several reputed online news sources. They do not necessarily reflect the opinions of this website or its staff. We do not guarantee the accuracy of the linked news articles.

प्राकृतिक जीवन र वर्तमान परिवेश

प्राकृतिक-जीवन-र-वर्तमान-परिवेश



पुष्पराज भट्टराई ।

मान्छेको जीवनमा परिस्थिति स्वादिला र बेस्वादिला हुँदा रहेछन् ।अस्तिजस्तो लाग्थ्यो बाल्यकाल । यो अवधिमा थुप्रै कुरा फेरिए छन् । बिगत सम्झदा समाजबाट थुप्रै कुरा हराएको जस्तो लाग्यो। चाल  चलन फेरिए। गाउँ घरको परिचय फेरियो ।समाजबाट पुरानो पुस्ता अस्ताउदै गए ।

समयले सबैलाई पालो दिँदो रहेछ । उहिले भकारीभरि धान र कोदो हुन्थ्यो । थाङ्ग्रामा मकै झुन्डिन्थे । बोराभरि नुन, बारिभरि तरकारी र मधुसभरि मरमसला हुन्थ्यो। टाट्नामा दुईचारवटा लाम्काने खसीबोका हुन्थे । एउटा दशैलाई अर्को देवलीलाई। गोठमा दुईमाउ लैना भैंसीहुन्थे। एउटा वर्षालाई अर्को हिउँदलाई । दुध बाह्रै महिना उपलब्ध हुन्थ्यो। चिया खाने उतिसारो चलन थिएन । दूधै पिउँथे । चिया चिनीको चिन्ता थिएन। धेरै जसो साकाहारी थिए ।मासु खानेले वनमा तितेपाती खाएर हुर्केको स्वादिलोखसी खान्थे । सुई घोचीघोची ३ किलो बनाएको बोईलर खाने चलन थिएन । भेटेसम्म लोकल कुखुराको भाकल चढाउँथे । साग सुकाएर गुन्द्रुक,मुला सुकाएर सिन्की बनाउँथे ।आलुमा मास मस्याङ मिचेर मस्यौरा बनाउँथे ।पिडालु र कर्कलो काटेर चुल्ठो पारि झुन्ड्याउँथे ।मसलाका लागि दलिन र बार्दलीमा खुर्सानी र लसुनका पोटी झुन्ड्याउँथे । अनिकाल,महामारी र खडेरीका लागि काम लाग्ने यस्ता ड्राईफुड घरघरमा हुन्थे । किनेर खानेखासै चलन थिएन । असारे मेलो र मंसिरे हतारमा भुलुक्क उमालेर भान्साको खरखाँचो टार्थे । बिहान सबेरै उठ्थे ।धारा कुवामा नुहाउँथे । तुलसीको मठमा बसेर सन्जे भन्थे । गायत्री माला जप्थे ।जल चढाउँथे । शारीरिक शुद्धताको ख्याल थियो।कसैले वेद पाठ गर्थे। कसैले पाञ्चायन पुजेर खान्थे ।घरघरमा भुतप्रेत नखेलोस् भनेरशंख बजाउँथे । कतिले गुणरत्न मालाका श्लोकबद्ध गर्थे ।बिहान बिहानै गरिएको नियमित पाठले प्रायः श्लोक कण्ठ हुन्थे ।स्मरण  शक्ति तेजिलो हुन्थ्यो ।

आमा, हजुरआमा पँधेराको पानी ल्याएर भान्साको काममा लाग्नुहुन्थ्यो । शिलौटामा अकबरे खुर्सानी र जिरा पिस्नु हुन्थ्यो । उहाँहरुका हात दह्रा हुन्थे।बा, काकाहरु मोही पार्थे ।घार्रघुर्र पार्दा पुरुषका मसल दह्रा हुन्थे। छेउमा बसेका केटाकेटी नौनीका डल्ला हान थाप गरेर खान्थे । मैलाधैला भए पनि केटाकेटी रातापिरा देखिन्थे । बिहानभरि महिलाहरु घरको लर्याङलुरुङ काम गर्थे ।पँधेराको पानीभर्थे ।पुरुषहरु बस्तुभाउको चाकर गर्थे । हिउँदमा डाले घाँसको भारि ल्याउथे । खेतबारीमा पानीलाउँथे ।घरगोठ र खेतीपातीको कामले महिला पुरुषलाई कसरत पुग्थ्यो। खाना राम्ररी रुच्थ्यो । कसैलाई मर्निङ वाकको जरुरत थिएन । खानेकुरा अर्गािर्नक थियो । कुनै किसिमको मिसावट थिएन। रिफाइन गरेकोतेल आएकै थिएन ।शुद्धघ्यू को भुटुन हाल्ने चलन थियो । केटाकेटीहरुको दोको रोटी,मकै भटमास खाजा खान्थे । कहिले काहीँ घ्यूमा भुटेको चाम्रे हुन्थ्यो । फर्सी उसिनेर खाजा खान्थे । बियाँ भुटेर अचारको छोप बनाउँथे । खाजामा जंकफुड थिएन । ग्यास्ट्रिक कसैलाई थिएन । जरुवाको शुद्ध पानी पिउँथे । लसुन टिमुर पानीको भरमा बिरामी निको हुन्थे । मह र घ्यूहर्पे भरि हुन्थ्यो ।समय समयमा लेकबेसींका जडिबुटी मिलाएर औषधि बनाउँथे । कुबेरको बगैचा जस्तो करेसाबारि हुन्थ्यो । असुरो, धतुरो, टिमुर, तुलसीजस्ता जडिबुटी बारिमा रोप्थे । नयाँफल पाकेपछि पहिलो फलनदी खोलामा लगेर चढाउँथे । न्वागी खाएर मात्रै नयाँ अन्नबाली भित्याउने चलन थियो।एक क्वीन्टलको धोक्रो जुरुक्कै उचाल्थे । गाउँबेसीं गर्थे। पिठ्युँमा कोदो चामल बोकेर हाटबजार गर्थे। मोही पारेर अगेनामा नौनीको धुप हाल्थे ।घरभरि बासना चल्थ्यो । लामखुट्टे भिंmगा बस्दैनथे ।दलिनमा गौंथलीले गुड लाउँथ्यो ।घरमा माकुरो साङ्लो बस्दैनथ्यो ।सरसफाइको ख्याल हुन्थ्यो। अहिले झैं कोठैपिच्छे वासरुम थिएन । घरदेखि टाढा दिसापिसाब गर्ने हगनगौडी हुन्थे। दिसा गर्दा पानीले धुनेर लुगा फेरेर गर्ने चलन थियो । दिसापिसाब गर्दा प्रयोग भएको कपडाले खानु नपरोस् भनेर धोती फेरेर ढिँडो रोटो खान्थे । सके खरानी नसके रातो माटोले हात धुन्थे ।बाहिर गएर आएकाले आगो नछोई कसैलाई छुदैनथे ।मलामी गएकाले खरानी छर्केर घरभित्र छिर्थे । जीवाणुको भयबाट जोगिने तरिका अनौठो थियो।

भान्साको नियम सबैले पालना गर्थे। झर्के थाल, काँसे कचौरा, तामे अम्खोरा, किटको कराई,भड्डुको कसांैडीको प्रयोगले भान्साको शोभा दिन्थे। खानुभन्दा पहिले औसानी हाल्नेर बलि वैश्णदेव हुन्थ्यो । गाई, काग र कुकुरको भाग सारिन्थ्यो । देवपितृलाई सम्झेर चढाइन्थ्यो । घर बाहिर चढाएको खाने कुरा खाँदा चराचुरुङ्गी रमाउँथे । अगेनामा अग्नि देवतालाई चढाएर मात्रै आफू गाँस हाल्थे । खा&#234


Read the full story on NewsOfNepal.com


Loading...

Leave a Reply