Loading...

DISCLAIMER: The articles linked from this website are from several reputed online news sources. They do not necessarily reflect the opinions of this website or its staff. We do not guarantee the accuracy of the linked news articles.

पोखरा म्याराथनको उपाधि जापानका ताकानाशीलाई

पोखरा-म्याराथनको-उपाधि-जापानका-ताकानाशीलाई



पोखरा ।

पोखरामा आज सम्पन्न भएको १४औँ संस्करणको ‘सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’को उपाधि जापानका ताकानाशी रोसुकीले जित्नुभएको छ । भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा पोखरा रङ्गशालाबाट शुरु भएको म्याराथन निर्धारित दूरी दुई घण्टा २६ मिनेट ५१ सेकेण्डमा पूरा गरी उहाँ च्याम्पियन बनेर उपाधिसहित रु दुई लाख पुरस्कार प्राप्त गर्नुभयो ।
१३औँ सागमा स्वर्ण विजेता सशस्त्र प्रहरीका किरण बोगटीले दोस्रो स्थानमा चित्त बुझाउनुभयो । दुई घण्टा २८ मिनेट ८ सेकेण्ड समयमा निर्धारित दूरी पार गरी द्वितीय बन्नुभएका उहाँले रु एक लाख पुरस्कार प्राप्त गर्नुभयो । गण्डकी प्रदेशका अनिष थापामगरले दुई घण्टा २९ मिनेट तथा सशस्त्र प्रहरीका गणेश सिंह ठकुरीले दुई घण्टा ४१ मिनेटमा दौड पूरा गरी क्रमशः तेस्रो र सान्त्वना स्थान हासिल गरी रु ७५ र रु १५ हजार पुरस्कार पाउनुभयो ।
उपाधि विजेता ताकानाशीले जापानको कोमागाने शहरबाट पहिलो पटक पोखरामा सहभागी भएर म्याराथनको उपाधि जित्दा खुशी भएको बताउनुभयो । पोखरा शहर र कोमागानेबीच मितेरी सम्बन्ध गाँसिएपछि दुवै शहरबीचको सम्बन्ध प्रगाढ बन&

Read the full story on NewsOfNepal.com


Loading...

Leave a Reply