Loading...

DISCLAIMER: The articles linked from this website are from several reputed online news sources. They do not necessarily reflect the opinions of this website or its staff. We do not guarantee the accuracy of the linked news articles.

पालिकास्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

पालिकास्तरीय-दोस्रो-राष्ट्रपति-रनिङ-शिल्ड-प्रतियोगिता-सुरु



प्रताप बानियाँ, म्याग्दी ।

‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद, कृषि, पर्यटन र पूर्वाधार, स्वच्छ, समृद्ध बेनी नगरको मूल आधार’ भन्ने नारासहित दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०७६ सुरु भएको छ । बेनी नगरपालिकाको आयोजनामा शुक्रबारदेखि सदरमुकाम बेनीमा प्रतियोगिता सञ्चालन गरिएको हो ।

प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेशका सदस्य विनोद केसीले सङ्घीयताको कार्यान्वयनसँगै पछिल्लो समय खेलकुद ग्रामीण क्षेत्रसम्म पुगेको बताएका छन् । उनले खेल क्षेत्रको विकास र खेलाडी उत्पादनका लागि गण्डकी प्रदेश सरकारले ‘एक स्थानीय तह, एक खेलकुद मैदान’को अवधारणा अगाडि सारेको बताउँदै खेल क्षेत्रले राष्ट्रियताको समेत प्रतिनिधित्व गर्ने भएकाले व्यवस्थित बनाउनुपर्ने बताए ।

सदस्य केसीले हिमाली जिल्ला म्याग्दीमा भौगोलिक विकटताका कारणले गर्दा खेल क्षेत्रको विकासमा समस्या भैरहेको बताउँदै स्थानीय तहले खेलकुद क्षेत्रलाई प्राथमिकता दिनुपर्ने बताएका छन् । उनले देश बदलिएर नयाँ परिवेशमा प्रवेश गरेको भन्दै पछिल्लो समय गाउँ, टोल, शहर तथा बजारमा खेलकुदजन्य गतिविधिहरु बढ्दै जान थालेको बताए । बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले खेल प्रतिभाको पहिचानका लागि नगरपालिकामार्फत आवश्यक पहल थालिएको बताउँदै प्रतियोगिताले नयाँ खेलाडी उत्पादनमा महत्वपूर्ण &#2


Read the full story on NewsOfNepal.com


Loading...

Leave a Reply