Loading...

DISCLAIMER: The articles linked from this website are from several reputed online news sources. They do not necessarily reflect the opinions of this website or its staff. We do not guarantee the accuracy of the linked news articles.

पाण्डाको जोडीलाई फाप्यो लकडाउन, १० वर्षको प्रयासपछि बल्ल गर्भाधान

पाण्डाको-जोडीलाई-फाप्यो-लकडाउन,-१०-वर्षको-प्रयासपछि-बल्ल-गर्भाधान



कोरोना भाइरसका कारण विश्वका आधाजसो जनसंख्या लकडाउनको अवस्थामा हुँदा शारीरिक सम्बन्धमा वृद्धि भएको र त्यसका कारण कण्डमको माग आकासिएको खबर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूमा आइरहेकै छ ।

कोरोनाको लकडाउनका कारण युरोपेली अष्ट्रियामा आगामी वर्ष जन्मदर नै बढ्ने अनुमान गरिएको छ ।

तर कोरोना भाइरसको कारण भएको लकडाउनले केवल मानिसहरूको मात्र यौन गतिविधिमा सकारात्मक प्रभाव पारेको छैन । १ दशकदेखि गर्भाधानका लागि संघर्षरत एक पाण्डाको जोडीलाई समेत यो लकडाउन निकै फापेको छ ।

हङकङको चिडियाखानामा रहेका एकजोडी पाण्डाले एक दशकपछि सफल यौन सम्पर्क गरी गर्भाधान गर्न सफल भएका छन् ।

लकडाउनमा रहेको ओसन पार्क चिडियाखानामा रहेका यिंग यिंग र लीली नामक जोडी पाण्डाले मंगलबार बिहान सफलतापूर्वक यौनसम्पर्क गरेका हुन् ।

यौनसम्पर्कबाट लीलीमा गर्भाधान भएको छ । यो जोडीले गर्भाधानका लागि लामो समयसम्म प्रयास गरिरहेको थियो तर सफल भएको थिएन । सन् २०


Read the full story on Online Khabar


Loading...

Leave a Reply