Loading...

DISCLAIMER: The articles linked from this website are from several reputed online news sources. They do not necessarily reflect the opinions of this website or its staff. We do not guarantee the accuracy of the linked news articles.

पर्वतमा बिदेशबाट आएका सबैको कोरोना टेष्ट गर्ने तयारी, परिवारसँगै घुलमिल भएर बस्दा जोखिम बढी

पर्वतमा-बिदेशबाट-आएका-सबैको-कोरोना-टेष्ट-गर्ने-तयारी,-परिवारसँगै-घुलमिल-भएर-बस्दा-जोखिम-बढी



दुर्गाप्रसाद शर्मा, पर्वत ।

पर्वतमा चैत्र महिना यता बिदेशबाट फर्केका सबै मानिसको थ्रोड स्वाब संकलन गरि परिक्षण गर्ने तयारी गरिएको छ । बिदेशबाट फर्केपछि परिवार संगै घुलमिल भएर बसेका कारण जोखिम बढेको निष्कर्ष सहित बिदेशबाट फर्केका सबै ब्यक्तिको कोरोना परिक्षण गरिन लागेको हो ।

संक्रमित लुकेर बसेको आशंकामा बिदेशबाट फर्केका सबैको परिक्षण हुन लागेको छ। जिल्ला स्वास्थ्य कार्यालय पर्वत र पर्वत अस्पताल पर्वतको संयुक्त टोली गठन गरेर आइतबार देखि नै थ्रोड स्वाब संकलन शुरु गरेका छन । पहिलो चरणमा भारत बाहेकका अन्य देशबाट फर्केका ब्यक्तिको स्वाब संकलन गर्ने तयारी गरिएको जिल्ला स्वास्थ्य कार्यालय पर्वतका प्रमुख डा. भोजराज गौतमले जानकारी दिनुभयो ।

 

‘बिदेशबाट फर्केपछि परिवार र कतिपय अबस्थामा समाजमा समेत घुलमिल गरेको बसेको पाइएकोले परिक्षण नगर्दा सम्म उच्च जोखिम देखियो।’ प्रमुख डा. गौतमले भन्नुभयो ‘पहिलो चरणमा चैत्र यता बिदेशबाट फर्केका सबैको थ्रोड स्वाब परिक्षण पछि मात्रै संक्रमणको अबस्था यकिन गर्न सहज हुन्छ।’

 

थ्रोड स्वाब संकलनको काम कुस्मा नगरपालिकाबाट शुरु गर्न लागिएको छ । बिदेशबाट आएकाहरुलाई कुस्मा बोलाएर थ्रोड संकलन गरिएको छ भने फलेबास नगरपालिकामा यसपछि संकलन गर्ने तयारी छ । जिल्ला स्वास्थ्य कार्यालय पर्वतका अनुसार जिल्लामा चैत्र यता पर्वतमा ३ सय १६ जना बिदेशबाट आएका ब्यक&


Read the full story on NewsOfNepal.com


Loading...

Leave a Reply