Loading...

DISCLAIMER: The articles linked from this website are from several reputed online news sources. They do not necessarily reflect the opinions of this website or its staff. We do not guarantee the accuracy of the linked news articles.

पर्वतका संघीय सडकलाई थप १० करोड बजेट

पर्वतका-संघीय-सडकलाई-थप-१०-करोड-बजेट



दुर्गाप्रसाद शर्मा, पर्वत । 

पर्वत जिल्लाका ६ वटा संघीय सडकका लागि थप १० करोड रकम विनियोजन भएको छ ।

चालु आर्थिक बर्षमा नै खर्च गर्ने गरी पर्वत जिल्लाका संघीय सडकका लागि थप १० करोड रकम विनियोजन भएको हो । प्रत्येक निर्वाचन क्षेत्रका सडकमा १० करोड रकम उपलब्ध गराउने मन्त्रालयको निर्णय अनुसार पर्वतमा ६ सडकका लागि उक्त रकम विनियोजन गरिएको छ । गत बर्ष रणनैतिक सडक अन्तर्गत बर्गिकरणमा राखेर संघिय सरकारबाट बजेट थप गरिएका सडकहरुलाई नै यस बर्ष रकम थप गरिएको छ ।

बजेट थप गरिएका सडकहरुमा कुश्मा देखि दुर्लुङ हुँदै क्याङ सडकका लागि २ करोड रकम थप भएको छ । यसैगरी सहस्रधारा देखि पाङ टार हुँदै ततरकोटसम्म पुग्ने सडकका लागि पनि २ करोड रकम विनियोजन भएको छ । साइकलचोक देखि गहतेपोखरा हुँदै ठुलिपोखरी पुग्ने सडकको लागि पनि २ करोड रकम विनियोजन भएको छ ।

यसैगरी वहाकी देखि रानीपानी बर्राचौर हुँदै रानीपानी जोड्ने सडकको लागि समेत २ करोड रकम थप भएको छ । संघले रणनैतिक सडक अन्तर्गत राखेको कुश्माको छमर्के खुर्कोट हुँदै हलहले जोड्ने सडकका लागि चालु आवमै खर्च गर्ने गरी १ करोड रकम विनियोजन भएको छ । उता, कालीगण्डकी लोकमार्ग अन्तर्गत माझफाँट घुमाउने ताल देखि माझफाँट कुश्मा मिर्मि सडकको सिमा &


Read the full story on NewsOfNepal.com


Loading...

Leave a Reply