Loading...

DISCLAIMER: The articles linked from this website are from several reputed online news sources. They do not necessarily reflect the opinions of this website or its staff. We do not guarantee the accuracy of the linked news articles.

नेपाल प्रहरीको नयाँ आईजीमा ठाकुर ज्ञवाली नियुक्त

नेपाल-प्रहरीको-नयाँ-आईजीमा-ठाकुर-ज्ञवाली-नियुक्त



काठमाडौं, २८ माघ । नेपाल प्रहरीको २७ औं महानिरिक्षक (आईजी)मा प्रदेश १ प्रहरी प्रमुख डिआईजी ठाकुर ज्ञवालीलाई सरकारले मंगलबार नियुक्त गरेको छ ।

चर्चामा रहेका डिआईजी ज्ञवाली कार्य सम्पादन, मुल्यांकन र ज्येष्ठताका आधारमा एक नम्बरमा रहेका कारण मन्त्रिपरिषद्को बैठकले आईजीमा नियुक्त गरेको हो । गृह मन्त्रालयले उक्त प्रस्ताव पेश गरेको थियो ।

प्रहरीको ३० बर्षे सेवा अवधिका कारण आईजी सर्वेन्द्र खनालसहित, एआईजीहरू पुष्कर कार्की, ठूले राई र धिरु बस्नेतसहित १८ डिआईजीले मंगलबारबाट सेवा निवृत्त भएका छन् ।

मंगलबार साँझ नै नवनियुक्त आईजी ज्ञवालीले प्रहरी प्रधान कार्यालयमा खनालको विदाई गर्नेछन् ।

२०४७ असार २५ गते प्रहरी निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेको ज्ञवालीले आगामी असारसम्म प्रहरीको नेतृत्व सम्हाल्नेछन् ।

आईज खनालसहितका २२ जना भने २०४६ माघ २९ गते प्रहरी सेवामा प्रवेश गरेका थिए ।

खनालसँगै एकै दिन अवकाश पाउने डीआइजीहरुमा मनोज न्यौपाने, सुरेशविक्रम शाह, पिताम्बर अधिकारी, केदार रिजाल, नार&#


Read the full story on Dainik Nepal


Loading...

Leave a Reply