Loading...

DISCLAIMER: The articles linked from this website are from several reputed online news sources. They do not necessarily reflect the opinions of this website or its staff. We do not guarantee the accuracy of the linked news articles.

नेपालीको अवस्था बुझ्न भारतीय क्वारेन्टाइनमा पुगे सांसद

नेपालीको-अवस्था-बुझ्न-भारतीय-क्वारेन्टाइनमा-पुगे-सांसद



२२ चैत, बुटवल । सुनौली नाकामा अलपत्र परेपछि भारतको नौतनवास्थित क्वारेन्टाइनमा राखिएका नेपालीहरुको अवस्था बुझ्न प्रदेश ५ का प्रदेशसभा सदस्य सन्तोषकुमार पाण्डेय नौतनवा पुगेका छन् ।

भारतका तीनवटा विद्यालय/कलेजमा बनाइएका क्वारेन्टाइनमा रहेका तीन सय बढी नेपालीको अवस्थाबारे बुझ्न रुपन्देही क्षेत्र नं. ३(क) बाट निर्वाचित प्रदेशसभा सदस्य पाण्डेय नौतनवा पुगेका हुन् ।

भारतले तीन अलगअलग स्थानमा व्यवस्थित ढंगले क्वारेन्टाइनमा नेपालीहरु राखेको प्रदेशसभा सदस्य पाण्डेयले जानकारी दिए ।

पाण्डेयले नौतनवमा रहेका नेपालीहरुलाई आफूले प्रत्यक्ष भेटेर उनीहरुको अवस्थाबारे जानकारी लिएको बताए । सुनौली ग्राम पञ्चायत र नौतनवा नगर पञ्चायत प्रतिनिधिहरुको प्रत्यक्ष निगरानीमा नेपालीहरुलाई राख&#2


Read the full story on Online Khabar


Loading...

Leave a Reply