Loading...

DISCLAIMER: The articles linked from this website are from several reputed online news sources. They do not necessarily reflect the opinions of this website or its staff. We do not guarantee the accuracy of the linked news articles.

नेपालमा पनि भेटियो कोरोना भाइरसको संक्रमण

नेपालमा-पनि-भेटियो-कोरोना-भाइरसको-संक्रमण



१० माघ, काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमण भेटिएको पुष्टि भएको छ । चीनबाट नेपाल आएका एक विद्यार्थीको स्वास्थ्य परीक्षणमा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

‘चीनको युवान क्षेत्रबाट नेपालमा आएका एक व्यक्तिलाई प्रारम्भिक जाँच गरी सो को निश्चित निदानका लागि डब्लुएचओ कोल्याबोरेटिङ सेन्टर हङकङमा पठाइएकोमा जाँच पोजेटिभ आएको र हालल उक्त व्यक्ति लक्षणविहीन रहेको र प्रत्यक्ष निगरानीमा रहेको जानकारी गराइन्छ’ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

यसबारे इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सघन निगरानी तथा विस्तृत अध्ययन गरिरहेको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता सागर दाहालले कोरोना भाइरस संक्रमणको उपचारका लागि शुक्रराज सरुवा रोग अस्पताल टेकु र पाटन अस्पतालमा आवश्यक तयारी गरिसकेको बताए ।

‘बिरामीका नजिकको सम्पर्कमा आएको हुन सक्नेहरुको खोजी गरी पहिचान र परीक्षणको काम हुँदैछ’ मन्त्रालयको विज्ञप्तिमा भनिएको छ ‘यसबारे अन्तर्राष्ट्रिय स्वास्थ्य नियमावलीका प्&#2352


Read the full story on Online Khabar


Loading...

Leave a Reply