Loading...

DISCLAIMER: The articles linked from this website are from several reputed online news sources. They do not necessarily reflect the opinions of this website or its staff. We do not guarantee the accuracy of the linked news articles.

‘नीरफूल’को गीत सार्वजनिक

‘नीरफूल’को-गीत-सार्वजनिक




काठमाडौँ, २ फागुन । प्रणय उत्सवको अवसर पारेर चलचित्र ‘नीरफूल’को नयाँ गीत दर्शकमाझ आएको छ । चलचित्र नीरफूलको ‘तिमी बदनामी…’ गीतको भिडियो हाईलाईट्स नेपालबाट सार्वजनिक गरिएको हो ।

गीतमा कुनै एक डान्स बारमा अभिनेत्री थापाले गीत गाएको दृष्य यसमा प्रस्तुत गरिएको छ । नायिकासँगै गायिकाको परिचय बनाएकी रेखा थापाले यो चलचित्रमा बार सिंगरकै भूमिका निर्वाह गरेकी हुन् । जसमा चलचित्रकी अभिनेत्री शान्ति वाईवा भूकम्पपछि जीवन यापनका लागि डान्सबारमा काम गर्न बाध्य भएको दृष्यहरुबाट बुझिन्छ ।

यो गीतको सँगीत अर्जुन पोखरेलले गरेका हुन् । दुर्गा खरेलले गाएको यो गीतलाई चलचित्र निर्देशक फूलमान वल आफैँले लेखेका हुन् ।

चलचित्र नीरफूल आगामी ३० फागूनमा रिलिज हुँदैछ । यो गीतले चलचित्रको कथाको एउटा पाटो बोकेको देखिन्छ । आईटम गीत भन्दा फिल्मको पात्रको संघर्ष र उनीमाथि हुने हिंसा दर्शाउने गीत भएको निर्देशक वलले जानकारी गराएका छन् ।

फिल्मको पटकथा सचिन घिमिरे र निर्देशक वल स्वयंले लेखेका हुन् भने सचिन एशोसिएट निर्देशकको रुपमा पनि छन् । फिल्मको निर्माणमा ‘सहकार्यको मोडल’ अपनाइएको निर्देशक वलले जनाए ।

फ्रेण्ड्स अफ नेपाल–म&#238


Read the full story on Dainik Nepal


Loading...

Leave a Reply