Loading...

DISCLAIMER: The articles linked from this website are from several reputed online news sources. They do not necessarily reflect the opinions of this website or its staff. We do not guarantee the accuracy of the linked news articles.

नगरकोटमा प्रहरी र स्थानीयबीच ढुङ्गा हानाहान, सञ्चारकर्मीमाथि अभद्र व्यवहार

नगरकोटमा-प्रहरी-र-स्थानीयबीच-ढुङ्गा-हानाहान,-सञ्चारकर्मीमाथि-अभद्र-व्यवहार



न्युज अप नेपाल, भक्तपुर ।

चाँगुनारायण नगरपालिका वडा न. ६ नगरकोट वडा कार्यालय नजिक रहेको खानेपानी कार्यालयमा आज प्रहरी र स्थानीयबिच झडप भएको छ ।

चीनको वुहानमा रहेका नेपालीको उद्धार गरेर सरकार ल्याउन लागेको र उनीहरुलाई लिन जाने नेपाल वायुसेवा निगमको विमानका चालक, सहचालक र परिचारिकालाई १४ दिनसम्म नगरकोटको खानेपानीमा बनाएको क्वारेन्टाइन राख्न लागेको बिरोधमा स्थानीयबासीले बिरोध गर्दै आज गरेको आन्दोलनमा प्रहरीसंग झडप भएको हो ।

खानेपानीको कार्यालयमा बनाएको क्वारेन्टाइनमा राख्न लागेको भन्दै त्यसको बिरोधमा नाराजुलुस गरि खानेपानी कार्यालयमा अवरोध गर्दै सडक बन्द गराई टायर बालेर विरोध गरेपछि झडप भएको वडा नं. ६ का वडा अध्यक्ष सन्तबहादुर तामाङ्गले बताउनुभयो ।
प्रहरीले उनीहरुलाई रोके पछि आक्रोसित भएका स्थानीयले सडक बन्द गराई बिरोध गरेपछि प्रहरीले रोक्न बल प्रयोग गर्दा झडप भएको र ढुङ्गा हानाहान भएको उहाले बताउनुभयो ।

प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद बिडारी नेतृत्वको टोली नगरकोट पुग्दा बिरोध भईरहेको थियो । स्थानीयले एक सातादेखि बिरोध गर्दै आएको र आज पनि दिनभरी नै बिरोध गरेको नगरकोटका विष्णु तामाङ्गले बताउ


Read the full story on NewsOfNepal.com


Loading...

Leave a Reply