Loading...

DISCLAIMER: The articles linked from this website are from several reputed online news sources. They do not necessarily reflect the opinions of this website or its staff. We do not guarantee the accuracy of the linked news articles.

चितवन अदालतको फैसला : प्रहरीसँग विवाद गर्दैमा अभद्र व्यवहार हुँदैन

चितवन-अदालतको-फैसला-:-प्रहरीसँग-विवाद-गर्दैमा-अभद्र-व्यवहार-हुँदैन



१४ माघ, काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा प्रहरी कर्मचारीसँग विवाद गरेकै कारण गायिका आस्था राउतमाथि अभद्र व्यवहारसम्बन्धी मुद्दा लाग्यो र प्रहरी हिरासतमा पुगिन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले पनि चार दिन थुनामा राख्न अनुमति दियो । तर चौतर्फी आलोचना भएपछि भोलपल्टै प्रशासनले ४ हजार रुपैयाँ धरौटी लिएर रिहा गर्‍यो ।

राउत छुटेकै दिन जिल्ला अदालत चितवनले एउटा मुद्दामा प्रहरीसँग विवाद गरेकै कारण अभद्र व्यवहारको मुद्दा लगाउन नहुने फैसला सुनाएको छ ।

न्यायाधीश हेमन्त रावलको इजलासको फैसलामा भनिएको छ, ‘…कुनै पनि व्यक्तिलाई जाहेरी र शंकाकै भरमा बाटोघाटो, सार्वजनिक स्थान, वा व्यक्ति रहे बसेको जुनसुकै स्थानमा जहीँ तहीँ आशंकाको भरमा प्रहरीबाट गरिने सोधपुछ र सोधपुछको नाममा गरिने अशिष्ट व्यवहारको प्रतिक्रियास्वरुप व्यक्तिले आफ्नो सफाइस्वरुप व्यक्त गरेको आवेशपूर्ण अभिव्यक्तिलाई अभद्र व्यवहारको अर्थ गरी नागरिकलाई सजाय भागी गराउनु न्याय र कानूनको दृष्टिबाट मिल्ने देखिँदैन ।’

कुटपीटको घटनाबारे सार्वजनिक ठाउँमा सोधपुछ गर्दा नवलपरासीका अर्जुन मल्ल ठकुरीले ड्युटीमा खटिएको प्रहरीसँग वादविवाद गरी हातपात समेत &#23


Read the full story on Online Khabar


Loading...

Leave a Reply