Loading...

DISCLAIMER: The articles linked from this website are from several reputed online news sources. They do not necessarily reflect the opinions of this website or its staff. We do not guarantee the accuracy of the linked news articles.

कोरोना भाइरसः पाकिस्तानमा ज्यान गुमाउनेको संख्या ५० नाघ्यो

कोरोना-भाइरसः-पाकिस्तानमा-ज्यान-गुमाउनेको-संख्या-५०-नाघ्यो



एजेन्सी– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण पाकिस्तानमा पनि बढ्दो रुपमा देखिएको छ ।

पाकिस्तानमा पछिल्लो २४ घण्टामा ६ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ५३ पुगेको हो ।

पाकिस्तानमा एकैदिन ६०९ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ३ हजार ७६६ पुगेको छ ।

पाकिस्तानमा संक्रमितमध्ये २५९ जना उपचारपछि निको भएका छन् । ३ हजार ४५४ जना उपचाररत छन् । उनीहरुमध्ये १७ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

यसैबीच, विश्वव्यापी रुपमा कोरोना भाइरसका कारण एकैदिन ५ हजार २०८ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ७४ हजार ६५४ पुगेको छ ।

संक्रमितको संख्या विश्वमा १३ लाख ४६ हजार ३६ पुगेको छ । एकै दिन ७३ हजार १३५ जनामा संक्रमण देखिएको छ ।
संक्रमितमध्ये २ लाख ७८ हजार बढी उपचारपछि निको भएका छन् ।

चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक हुँदै पछिल्लो समय अमेरिकामा तीव्र देखिए


Read the full story on Khabarhub


Loading...

Leave a Reply