Loading...

DISCLAIMER: The articles linked from this website are from several reputed online news sources. They do not necessarily reflect the opinions of this website or its staff. We do not guarantee the accuracy of the linked news articles.

कोरोनाले थलिएका वीरभद्र र महाकालीहरु

कोरोनाले-थलिएका-वीरभद्र-र-महाकालीहरु



चिरञ्जीवी मास्के । 

कोरोना भाइरसको महामारीका कारण मानवीय भावनाहरु शिथिल, संकिर्ण र निष्क्रिय बन्दै जाँदा पनि घरको झ्याल र छतबाट समेत चिहाउन नसकिने विसमताबाट थलिएका छौं हामी मानवजातिका वीरभद्र र महाकालीहरु !

* इटलीमा कोरोना संक्रमितको उपचारमा खटिँदाखटिँदै आफैं संक्रमित भएपछि एकजना नर्सले आत्महत्या गरिन् ।

* फ्रान्सको हेसेन राज्यका अर्थमन्त्रीले कोरोनाको महामारीका कारण आर्थिक व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको पीडामा द्रुतगतिमा रहेको रेलको लिकमा हामफालेर आत्महत्या गरे ।

* लन्डनमा थोरै समयको अन्तरालमा बाबुछोरीको कोरोनाका कारण मृत्यु भएपछि मलामीसमेत भएनन् दहासंस्कारका लागि ।

* नेपालको बुटवलमा कोरोनाको आशंकित एक युवकको मृत्युपछि न उनको श्रीमतीले शव हेर्न पाइन्, न जीवित श्रीमतीलाई कसैले सहारा दिन नै आए ।

हो, यस्तै समाचारहरु अनलाइनमा पढेर होम क्वारेन्टाइनमा बितेका छन् विश्वको झन्डै आधा जनसंख्याको दैनिकी अहिले । अर्थतन्त्र चौपट भएक छ, व्यापार–व्यवसाय, कल–कारखाना र नियमित दैनिकी बन्द भएपछि । विश्वका प्रमुख पर्यटकीय गन्तव्यहरु सुनसान मात्र छैनन् मृत्युमा मलामीसमेत नपाएर बिरानो बनाइदिएको छ आफ्नैमा ।

पृथ्वीले मानवबस्ती र मानव सभ्यताको विकासक्रमसँगै यस्ता धेरै महामारीको सामना गर्दै आएको छ । प्लेगले १७ औं शताब्दीतिरै मानव विनाश गरेको इतिहास हामीले पढेका छौं । इबोला, स्वाइन फ्लु, स्पेनिस फ्लजस्ता महामारीसमेत मानवजातिले भोगेका छन् । २१ औं शताब्दीको यो कोरोना भाइरस (कोभिड–१९) ले विश्वका शक्ति राष्ट्रहरुलाई नै आच्छुआच्छु पारिदिएको छ ।

कोरोना भाइरस (कोभिड–१९) को औषधि पत्ता नलाग्दा एकातिर द्रुतत्तर गतिमा विकास भैरहेको प्रविधिलाई नै चुनौती भएको छ भने विज्ञानको विकासमा समेत प्रश्न उठेको छ । अनि अर्कोतर्फ मानवीय भावनाहरुलाई शिथिल, संकिर्ण र निष्क्रिय बनाइरहेको यो समय शून्यतातिर अघि बढिरहेको छ । कसैलाई कोरोना संक्रमण भयो भने सहयोग गर्नै नचाहने जमात त छँदै छ, चाहेर पनि सहयोग गर्न नसकिने परिस्थितिसमेत बन्दै गएको छ । यसले गर्दा मानवीय भावनालाई शिथिल, संकिर्ण र निष्क्रिय बनाउन क्रमशः बल पुगिरहेको छ ।

कोरोना संक्रमणको औषधि अहिलेसम्म फेला पर्न सकेको छैन, यो सत्य हो । तर औषधि फेला नपरे पनि यो संक्रमण हुनासाथ मानिसको मृत्यु भैहाल्ने पनि हैन । यो भाइरसको संक्रमण फैलिएको तीन महिनाको अवधिमा पत्ता लागेको तथ्य के हो भने, भाइरसबाट संक्रमित बिरामी छुट्टै बस्ने, ज्वरो आउँदा प्यारासिटामोल खाने, तातोपानी खाने, रोग–प्रतिरोधात्मक क्षमता विकास हुने खालका खाना खाने, अनि मुख्य कुरा हरेकले मानवीय भावनालाई जीवित र सक्रिय बनाउँदै एकले अर्कोलाई सहयोग, सद्भाव तथा सेवाभाव देखाउने नै हो ।

उपचारपछि कोरोना संक्रमणबाट मुक्त भएका अमेरिकामा रहेका दुई नेपाली शम्भु मोक्तान र जीवन बमले भर्खरै आफ्नो अनुभव लेखेका छन्– कोरोना लाग्दैमा मरिँदैन, आत्मबल उच्च हुनुपर्छ । उनीहरु दुवैको एउटै सुझाव छ– सकेसम्म घरमै बसेर आफूलाई संक्रमित हुनबाट बचाउने र कथंकदाचित संक्रमित भैहालेको अवस्थामा त्यसलाई नलुकाई उच्च आत्मबलका साथ उपचार गर्ने ।

कोरोना भाइरसले उत्पन्न गरेको यो पीडा विश्वकै लागि कहाली लाग्दो बनेको छ । स्वाभाविकरुपमा नेपाल यो अवस्थाबाट अछूतो छैन । नेपाल सरकारले कोरोना भाइरसको सम्भावित संक्रमणबाट जोगिन सकेसम्मको प्रयत्न गरेको छ । सरकारको काममा शायदै खोट लगाउने ठाउँ होला । दोस्रो किड्नी प्रत्यारोपणबाट राम्रोसँग तङ्ग्रिन नपाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले जुन साहसका साथ कोरोनाविरुद्धको लडाइँको लागि समन्वय गरिरहेका छन्, त्यो प्रशंसनीय र आमरुपमा उदाहरणीय नै छ । ने


Read the full story on NewsOfNepal.com


Loading...

Leave a Reply