Loading...

DISCLAIMER: The articles linked from this website are from several reputed online news sources. They do not necessarily reflect the opinions of this website or its staff. We do not guarantee the accuracy of the linked news articles.

कोरोनाका कारण छ मिनेट अन्तरमा मृत्युवरण गरेका यी दम्पती

कोरोनाका-कारण-छ-मिनेट-अन्तरमा-मृत्युवरण-गरेका-यी-दम्पती



२२ चैत, काठमाडौं । केही हप्ता अगाडिसम्म पनि स्टुआर्ट र उनकी पत्नी याड्रिन बेकर पूर्ण स्वस्थ थिए ।

करिब ५१ वर्ष अगाडि वैवाहिक सम्बन्ध बाँधिएको यो अमेरिकी जोडी कहिल्यै छुट्टिएन । दुबैले आफ्नो अवकाशपछिको जीवन आनन्दसँग फ्लोरिडाको बोइन्टन बिचमा बिताइरहेका थिए । खासै स्वास्थ्य समस्या पनि केही थिएन । तर मध्यमार्चदेखि उनीहरू बिरामी परे ।

गत आइतबार दुवै जनाले अन्तिम सास फेरे, जम्माजम्मी छ मिनेटको अन्तरमा । विश्वलाई सताइरहेको कोरोनाभाइरस सङ्क्रमण दुवैका लागि काल बनेर आयो । स्टुआर्ट ७४ वर्षका थिए भने याड्रिन ७२ ।

आफ्ना आमाबाबुको निधन भएपछि उनीहरूका छोरा बड्डिले कोरोनाभाइरसको प्रकोपबारे गम्भीर हुन सबैलाई आह्वान गरेका छन् । उनले ट्विटरमा सेयर गरिएको एक भिडियोमा सबैलाई सामाजिक दूरी कायम गर्न र घरमै बस्न आग्रह गरेका छन् ।

“यसले तपाईँ वा तपाईँले चिनेजानेका कसैलाई नछोएसम्म वा तपाईँले यस्ता कथा नसुनेसम्म तपाईँलाई यसबारे केही मतलब हुँदैन,” उनले सिएनएनलाई भनेका छन्, “तर मलाई आशा छ मेरा आमाबाको मृत्यु निरर्थक हुनेछैन ।”

सिएनएनसँगको फोन अन्तर्वार्तामा बड्डिले आफ्ना आमाबालाई कोभिड १९ले कसरी आक्रमण गर्यो भन्नेबारे विस्तृतमा कुरा गरे । उनका अनुसार आफूहरूलाई बिसन्चो भएपछि वृद्ध दम्पती करिब तीन हप्ता अगाडि डाक्टरकोमा गएका थिए । तर डाक्टरले उनीहरू दुवैलाई घर पठाइदिए ।

घर फर्किए पनि उनीहरूको बिमार घटेन । त्यो कुरा डाक्टरलाई सुनाएपछि डाक्टरले फेरि अस्पताल बोलाए । तर अस्पतालले उनीहरूलाई फेरि घरै फिर्ता पठाइदियो । सँगसँगै उनीहरूलाई निको नभएसम्म आफैँ क्वारेन्टाइनमा बस्न पनि भनियो ।

“यो भनेको संसार बन्द हुनु अगाडिको कुरा थियो । त्यति बेलासम्म यो कुर&#2366


Read the full story on Online Khabar


Loading...

Leave a Reply