Loading...

DISCLAIMER: The articles linked from this website are from several reputed online news sources. They do not necessarily reflect the opinions of this website or its staff. We do not guarantee the accuracy of the linked news articles.

कथा : सचिवभन्दा कम हुने थिइनँ !

कथा-:-सचिवभन्दा-कम-हुने-थिइनँ-!



लहडै लहडमा एउटा अकाउन्ट खोले पनि फेसबुक चलाउन उतिसारो रुचि लिँदैनथे हरिहरजी । अलिअलि चलाउन थालेपछि पनि न प|mेण्ड रिक्वेष्ट पठाउँथे, न आएका रिक्वेष्टलाई एक्सेप्ट गर्थे । न केही पोष्ट गर्थे, न कुनै अन्य गतिविधि नै । खाली कहिलेकाहीँ खोल्यो, हेर्‍यो, बस् ।

दुईचार महिना यत्तिकै बिते । घर-स्कूल, अनि स्कूल-घर गर्दैमा जीवन चलिरहेको थियो । अलि पछि गोविन्द सरको संगतले भने उनलाई गज्जबकै फेसबुकप्रेमी बनायो ।

अब भने उनको लत फेसबुकमा मजाले बस्यो । फूलमा माहुरी टाँसिएझैँ ऊनी फेसबुकमा टाँसिन थाले । पलपलका अपडेटहरू राख्न थाले । खाएको, लाएको, हिँडेको, डुलेको, सुतेको, उठेको, भेटघाट गरेको सब अब फेसबुकमा अपडेट हुन थाल्यो ।

चाडवाड, मेला, भेलाका विशेष अवसरहरू त झन् छुट्ने कुरै भएनन् । ‘हरिहरले शौच बाहेकका सबै गतिविधि फेसबुकमा हाल्छ’ भन्ने कहावत नै बन्यो स्कुलमा ।

०००

यत्तिकैमा हरिहरजीका कताकताबाट भिनाजु पर्ने एकजना मान्छे मन्त्री भए ।

राजनीतिमा लागेको वा नलागेको मान्छे को कतिखेर मन्त्री हुन्छ, ठेगानै हुन्न हाम्रो देशमा । गाउँ-टोलमा राजनीतिमा सक्रिय थिए हरिहरजी । तर, उनको राजनीतिक सक्रियताले केही फलाउन सकेको थिएन । ऊनी सक्रिय रहेकै दलबाट आज उनका भिनाजु पर्ने मन्त्री भए । उनको खुशीको सीमै रहेन ।

उनले चिनेको र हल्काफुल्का नै सही, उनलाई चिनेका मान्छे अहिलेसम्म यति ठूलो पदमा पुगेको यो शायद पहिलोपल्ट हो । त्यो पनि आफ्नै पार्टीका मान्छे । त्यसैले मन्त्रीज्यूलाई नभेटी नछाड्ने निष्कर्षमा पुगे ऊनी ।

तर, भेट्ने कसरी ? हल्का समस्या थियो । किनभने, एक त आफ्ना साख्यै भिनाजु थिएनन् । त्यसमाथि अघि-पछि नभेटेर मन्त्री भएपछि मात्रै भेट्न जाँदा के पो ठान्ने हुन् भन्ने पीर थियो ।

आ… जेसुकै सोचून् , जेसुकै भनून् भन्दै हृयाकुलाले पेलेर उनी शनिबारको दिन पारेर दिदी भिनाजुलाई भेट्न मन्त्री क्वार्टर गए ।

हरिहरलाई देखेर दिदीभिनाजु खासै छक्क परेनन् । किनभने, मन्त्री भएपछि नाता केलाउने, सम्बन्ध गाँस्ने, गाँसिएको सम्बन्ध नवीकरण गर्ने अनि सम्पर्क सूत्र विकास गरेर पहुँच बढाउन खोज्नेहरू थुप्रै आउँछन् भन्नेमा ती जानकार थिए । अभ्यस्त पनि हुँदै थिए ।

चाकडीमा उस्ताद हरिहरजीले भिनाजु पर्नेलाई खुट्टैमा ढोग्न लम्पसार मुद्रा तय गर्दा भए । तर, भिनाजुले हात अघि बढाए । ढोगभेटपछि स्वाभाविकरूपमा भिनाजुलाई बधाइ दिए । भिनाजुसँग दुई/चारवटा सेल्फी पनि भ्याइदिए ।

‘मान्य मन्त्रीजीउसि&#2


Read the full story on Online Khabar


Loading...

Leave a Reply