Loading...

DISCLAIMER: The articles linked from this website are from several reputed online news sources. They do not necessarily reflect the opinions of this website or its staff. We do not guarantee the accuracy of the linked news articles.

औषधिको अभाव हुन नदिइने, उपल्लो डोल्पामा खाद्य डिपो आवश्यक

औषधिको-अभाव-हुन-नदिइने,-उपल्लो-डोल्पामा-खाद्य-डिपो-आवश्यक



 

काठमाडाैँ ।

शिवालय गाउँपालिकाभित्र विपन्नलाई खाद्यान्न वितरणसँगै सबैलाई आवश्यक औषधिको कमी हुन नदिन ढुवानीको काम शुरु भएको छ । सबै स्वास्थ्य संस्थामा स्वास्थ्य सामग्री र अन्य आवश्यक उपकरणको व्यवस्थापका लागि खरिद प्रक्रिया सुरु भएको पालिकाका अध्यक्ष नरेन्द्रकुमार शाहीले जानकारी दिनुभयो । अहिलेको समयमा जसले जहाँबाट सक्छ, त्यहीबाट सहयोग गर्ने समय भएको भन्दै उहाँले जिम्मेवारीबाट पन्छिने काम कसैबाट नहोस् भन्नुभयो ।
सङ्घीय र प्रदेश सरकारले सोचे जति सहयोग नगरेको गुनासो गदै अध्यक्ष शाहीले प्रश्न गर्दै भन्नुभयो, “स्रोत र सामग्रीविना कसरी स्वास्थ्यकर्मीलाई परिचालन गर्न सकिन्छ । दुई सेट पिपीई पठाएर हुन्छ रु” गाउँपालिकाले दैनिक ज्यालादारी गर्ने १५० घरधुरी स्थानीयवासीलाई खाद्यान्न वितरण गरेको छ ।
गाउँपालिकाले तथ्याङ्क संकलन गरी अति विपन्न तथा गरीब स्थानीयवासीलाई खाद्यान्न वितरण गरेको गाउँपालिका अध्यक्ष शाहीले जानकारी दिनुभयो । राहतमा २ केजी दाल, १ लिटर तेल र १ केजी नुन चामलसँगै वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत धनीराम शर्माले जानकारी दिनुभयो । प्रत्येक व्यक्तिलाई २५ देखि ३० केजी सम्मको चामल उपलव्ध गराएको छ । प्रतिघरमा १ वटा दरले साबुन वितरण गरिसकेको छ ।
कूल २ हजार ५०० घरधुरी रहेको गाउँपालिकामा १८ हजार जनसङ्ख्या रहेको छ । गाउँपालिका सवै स्थानीयवासीलाई मास्कको व्यवस्था मिलाएको छ । पहिलो चरणमा २ हजार ५०० सावुन वितरण भइसकेको छ भने थप वितरणको तयारी भएको छ । राहत सामग्री पाएसँगै गरीव तथा विपन्न समुदायका सर्वसाधारण खुशी भएका छन् ।
कोरोना भाईसर ‘कोभिड–१९० कारण सरकारल&#

Read the full story on NewsOfNepal.com


Loading...

Leave a Reply