Loading...

DISCLAIMER: The articles linked from this website are from several reputed online news sources. They do not necessarily reflect the opinions of this website or its staff. We do not guarantee the accuracy of the linked news articles.

आयोनको दोहोरो चाल : कर्मचारीको तलव काट्ने, सरकारसँग छूट माग्ने !

आयोनको-दोहोरो-चाल-:-कर्मचारीको-तलव-काट्ने,-सरकारसँग-छूट-माग्ने-!



२६ चैत, काठमाडौं । वायुसेवा सञ्चालक संघ (आयोन) ले लकडाउनको कारण देखाउँदै पाइलट र इन्जिनियरको तलवमा भारी कटौतीको निर्णय लियो । अर्कोतर्फ उसले सरकारसँग पनि विभिन्न सहुलियतको माग गरेर दोहोरो फाइदा लिन खोजेको छ ।

आयोनको निर्णयअनुसार पाइलटको तलव एयरलाइन्स कम्पनीले १ लाख रुपैयाँसम्ममा र हेलिकोप्टर कम्पनीले १ लाख २५ हजारसम्ममा झार्न सक्ने छन् ।

नेपालमा पाइलटको औसत तलव मासिक ५-६ लाख रुपैयाँसम्म तलव हुन्छ । त्यसलाई १ लाखमा झार्नु भनेको निकै ठूलो कटौती हो । लकडाउनका कारण वायूसेवाहरुको आम्दानी सुकेकाले यस्तो निर्णय लिनुपरेको आयोनको तर्क छ । यद्यपी यो निर्णयको सूचना सबै वायुसेवा कम्पनीसम्म गइसकेको छैन ।

खुला बजार अर्थनीतिमा आफ्नो कम्पनीको आर्थिक स्वास्थ्य हेरेर कम्पनी स्वयम्ले कर्मचारी कटौती, कर्मचारीको सेवा-सुविधाबारे निर्णय लिने गर्छन् । तर, संघको नाममा यस्तो निर्णय भएपछि वायुसेवा कम्पनीहरु बीचमै विवाद शुरु भएको छ । आयोनका एक पदाधिकारी यो एउटा प्रस्ताव मात्रै भएको भन्दै कम्पनीहरुका लागि वाध्यकारी नभएको बताउँछन् ।

तर, एक हेलिकोप्टर कम्पनीका सञ्चालकले अनलाइनखबरसँग भने ‘टाट पल्टिन लागेका हेलिकोप्टर कम्पनीका केही मालिक बसेर कर्मचारीको तलव कटौती गर्ने निर्णय गरे, त्यसलाई सबै वायुसेवाको निर्णय जसरी प्रचार भएको छ, यो गलत काम हो ।’

बुद्ध एयरका निर्देशक रुपेश जोशीसँग यस विषयमा प्रतिक्रिया माग्दा उनले कर्मचारीको तलव सुविधाको विषयमा कम्पनी आफैंले निर्णय लिने बताए ।

उनले भने, ‘हामी आफ्नो कम्पनीको नीति-नियम, परिस्थिति हेरेर आफ्ना कर्मचारीबारे निर्णय लिन सक्छौं ।’ आयोनका नाममा भएको भनिएको &#2344


Read the full story on Online Khabar


Loading...

Leave a Reply