Loading...

DISCLAIMER: The articles linked from this website are from several reputed online news sources. They do not necessarily reflect the opinions of this website or its staff. We do not guarantee the accuracy of the linked news articles.

“अब बाँचिने भो सरकार !”

“अब-बाँचिने-भो-सरकार-!”



दैलेख ।
कोभिड –१९ को संक्रमण फैलिन नदिन गरिएको लकडाउनपछि दैलेख बजार नजीकै गणेशथानमा बसोबास गर्दै आइरहनुभएका तारा वादीको तीन दिनसम्म चुल्हो बलेन । तारालाई आफन्तले चामल, नुन र तेल पैँचो दिए । केही दिनसम्म पैँचोबाट ताराले चार जनाको परिवार पालिन् । सरकारले लकडाउन थप गरेपछि अन्य वादी समुदायले ताराको जस्तै पीडा भोग्नुपर्यो ।
जहान परिवार पाल्न बादी समुदायले साहु महाजनबाट आफूसँग भएको पैसाले अन्न खोजेर ल्याए । त्यहीले गुजारा चलाए । “केटाकेटीलाई मात्र खान दिएर कहिल्यै हामी भोकै बस्याैँ, हातमुख जोर्न पाइएन”, कलम वादीले पीडा सुनाउनुभयो । शनिबार नारायण नगरपालिकाले वितरण गरेको खाद्यान्न पाउँदा तारा र कलम खुशी भए । पहिला घरमा एक छाक चामल नहुँदा रोगभन्दा भोकले मरिने चिन्ता थियो ।
“चामल पाएपछि अब त बाँचिन्छ कि भन्ने लागेको छ सरकार !”, ताराले खुशी व्यक्त गर्नुभयो । तारा र कलम मात्र होइनन्, ती जस्तै ६५ घरपरिवार वादी समुदायमा यो समस्या हिजोसम्म ठूलो थियो । नगरको राहत वितरणपछि भने सबैको मुहारमा चमक छाएको छ । राहत वितरणपछि यो समुदाय स्थानीय सरकारको गुनगान गाउन थालेको छ ।
“नेपाल सरकारले घरबाट बाहिर नआउनू, रोग लाग्छ भनेपछि हामीे घरमै बस्यौँ तर रोगभन्दा छिटो हाम्रो बस्तीमा भोक आयो । लकडाउनसँगै बजार बन्द हुँदा बादी समुद&#23

Read the full story on NewsOfNepal.com


Loading...

Leave a Reply